१८ मंसिर-दाङ, दंगिशरण गाउँपालिका-३ राउतगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय आकाश कँडेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हेकुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट र नाईट्राजेपाम २० ट्याब्लेट सहित अछाम साँफेबगर नगरपालिका-३ बस्ने ३० वर्षीय चन्द्र बहादुर बुढालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भारतको रूपैडिहाबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २२ वर्षीय धिरज गुरूङ र २४ वर्षीय नवराज मगरलाई २ ग्राम ४० मिलिग्राम तथा कटहरी गाउँपालिका-१ बस्ने २४ वर्षीय आकाश परियार समेत २ जनालाई १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद ४ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।
डडेल्धुरा, भागेश्वर गाउँपालिका-३ बिरखम बस्ने ६० वर्षीया जसु देवि भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ८७ ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बगरकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्