वर्षमान पुनले लगाए सरकारामाथी आरोप, राजनीतिक पूर्वाग्रह राखेर रवीलाई जेल हालियो

१५ पौष- प्युठान, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् ।

उनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्‍याउने काम गरेकोप्रति आपत्ति जनाए ।

प्युठानको जुम्रीमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए । उनले कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकार सम्मन्न निकाय गठन हुनुपर्ने बताएका छन् ।

उपमहासचिव पुनले भने, ‘रवि लामिछानेमाथि छानविन गर्ने कुरामा हाम्रो भन्नु केही छैन । प्रक्रिया नपुर्‍याइ मध्यरातमा उठाएर हिंडाउने कुरा नागरिक अधिकार विपरितको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्