गोली चल्दा दुई जना घाइते, १ जना पक्राउ

१४ पौष- काठमाडौंको मूलपानीस्थित पीपलबोटमा शनिबार राति गोली चल्दा दुई जना घाइते भएका छन् ।

गोली चलाउने खोटाङका साहिर शंकरलाई पक्राउ परेका हुन, शंकरले राति १० बजे अर्जुन श्रेष्ठको घरमा गोली चलाएका हुन् । गोली लागेर श्रेष्ठ र उनकी श्रीमती घाइते भएका छन् । हाल श्रेष्ठ दम्पतीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार पारिवारिक एवं व्यक्तिगत रिसइबीमा गोली चलेको आशंका छ ।

 

पेस्तोल बोकेर मूलपानी पुगेका शंकरलाई स्थानीयले प्रतिकार गर्न खोज्दा उनले गोली चलाएका थिए । स्थानीयको कुटपिटबाट शंकर पनि घाइते भएका छन् ।

प्रहरीले पेस्तोल र शंकरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्