१४ पौष- काठमाडौं, कवाडी व्यावसायीले महानगरविरुद्ध आज फेरि प्रदर्शन गरेका छन् ।
उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीहरुले महानगरविरुद्ध फेरि प्रदर्शनमा उत्रीएका हुन् ।
केही समय अघिदेखि काठमाडौं महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका छ्न् ।
उनीहरूले नेवा राजाहरुको आतंक बन्द गर, कवाडी व्यावसायीहरुको रक्षा गर जस्ता नाराहरु लगाउँदै उनीहरुले आज प्रज्ञा भवनमा जम्मा भएर महानगरको कार्यालय नजिक प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्