११ पौष- भोजपुर, भोजपुरबाट टेम्केमैयुङ गाउँपालिकाको चखेवातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जीप बिहीबार बिहान भोजपुर नगरपालिका–५, बोखिममा दुर्घटना हुँदा जीपमा सवार ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौं पुर्याइएको छ ।
घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले रहेका छन ।
प्रतिक्रिया दिनुहोस्