बचतमा बदमासी गर्ने दोषीले कुनै हालमा उन्मुक्ति नपाउने ः प्रकाशमान सिंह

११ पौष -चितवन, भरतपुर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकको बचतमा बदमासी गर्ने दोषीले कुनै हालमा उन्मुक्ति नपाउने बताए।

सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र बचत अपचलनमा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारले काम गरिराखेको बताएका छन्।

मन्त्रिपरिषदबाट सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको पनि उनले बताए।

‘दोषीहरूलाई कारबाही गर्ने गरी र पीडितहरूको बचत फिर्ता पनि गर्ने गरी सरकारले सिस्टम बनाएर काम गरिररहेको छ,

कानूनभन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्