९ पौष – काठमाण्डौं, भक्तपुरको बालकोटमा हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या प्रकरणमा प्रहरीले उनकै जेठा छोरा मिलन आचार्यलाई पक्राउ गरेको छ ।
उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको स्विकारेका छन् ।
उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुखले जानकारी दिएको छ।
प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा बुबा र भाइको हत्या गरेको बताएको महाराजगन्ज वृत्तले जनाएको छ ।
५ दिन अघि मात्र काठमाडौं आएका आचार्य र उनका कान्छा छोरा प्रवीण सोमबार कोठामै मृत फेला परेका थिए । सँगै रहेका जेठा छोरा मिलन भने रातिनै फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्