बैंगलुरुमा एक महिला बिरालोलाई बढी माया गरेको भनी श्रीमान विरुद्ध अदालतमा

७ पौष-भारत, भारतकोे बैंगलुरुमा एक महिला आफ्नो श्रीमान विरुद्ध अदालतमा मुद्दा हालेकी छन ।

श्रीमानले आफूलाई भन्दा बढी माया घरमा पालेर राखेको बिरालोलाई गरेको भन्दै नाम नखुलेकी ती महिला अदालतमा पुगेकी थिइन् । गुनासोमा श्रीमानविरुद्ध क्रुरता वा उत्पीडनको एउटै आरोप थिएनन् । मुद्दामा महिलाले आफूलाई भन्दा बढी माया श्रीमानले बिरालोलाई गरेको र उनको यस व्यवहारबारे कुरा गर्न खोज्दा जहिले झगडा पर्ने गरेको तर एकअर्काको बेइजतीमा कुरा सकिने गरेको महिलाको गुनासो थियो ।

तर रोचक कुरा के भयो भने न्यायाधीशले महिलालाई उल्टै गाली गरेर घर फर्काइदिए ।

प्रतिक्रिया दिनुहोस्