७ पौष-महोत्तरी, महोत्तरी कारागारमा लागूऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका निम्ति थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आइतबार हृदयाघातबाट मृत्यु भएको छ।
महोत्तरी जिल्ला अदालतको आदेशमा ६ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो।
चिकित्सकले उनको हृदयाघातबाट मृत्यु भएको जानकारी दिएका थिए।
प्रतिक्रिया दिनुहोस्