५ पौष- झापा, भद्रपुर नगरपालिका-४ झापा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ६० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-१ बस्ने २३ वर्षीय मनोज तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले ज्ञानेचोकबाट चन्द्रगढी चोकतर्फ आउँदै गरेको प्र.१-०१-००१ ह ८०३० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार तामाङलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले आवश्यक अनुसन्धानको लागि अटो चालक र अटोमा सवार अन्य २ जनालाई नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्