५ पौष- काठमाडौं, सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गर्न लगिएको सरकारी वकिल कार्यालय कास्कीले जानकारी दिएको छ। यसअघि नै अदालतबाट मुद्दा चलेका जीबीसहित १९ जनाविरुद्ध आज थप अभियोग दर्ता हुने छ।
रवि लामिछानेलगायतको हकमा भने आज मुद्दा दर्ता नहुने भएको छ। कास्की प्रहरीले रास्वपा सभापति रविसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएकोमा १ अर्ब ५१ करोड ४० लाख रुपैया बिगो असुलको राय छ।
सरकारी वकिल कार्यालयले यसअघि सहकारीका पूर्वअध्यक्ष जीबी, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई मुद्दा चलाएको थियो।
पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध कार्यालयले मुद्दा दर्ता गराएको थियो।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्