५ पौष- काठमाडौं, उपकरण मर्मतको कारण उत्पादन बन्द गरेको हेटौँडा सिमेन्ट उद्योगले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ ।
उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापनले जानकारी दिएको छ ।
उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको हो ।
आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो ।
यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्षले बताएका थिए ।
रासस
प्रतिक्रिया दिनुहोस्