भारततर्फबाट हामीलाई अतिरिक्त हवाई रुट चाहिएको छः परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

५ पौष-काठमाडौं, भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराएकी हुन्।

नेपालले पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएको र ती दुवै संसारकै लोकप्रिय सहर भएकाले साथै पोखरा र लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल पर्यटन नगरी भएकाले ती विमानस्थलबाट हामीले पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहेको भन्दै नेपाल यी दुई विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि थप हवाई रुट चाहेको कुरा उनले राखिन ।

उनले नेपाल सरकारले भारतका निजी एयरलाइन्सहरूलाई नेपालमा उडानका लागि आग्रह गर्दै नेपाल सरकारले यसका लागि धेरैभन्दा धेरै सहुलियत प्रदान गर्ने जानकारी पनि गराएकी थिइन्। यी विमानस्थलहरूको सञ्चालनमार्फत् दुई देशबीचको पर्यटन प्रवर्द्धन हुने त छँदैछ,अझ त्यो भन्दा पनि ठूलो कुरा त दुई देशका जनता जनताबीचको सम्पर्क र सम्बन्धलाई थप विस्तारित गर्ने मन्त्री डा. राणाको भनाइ थियो।

 

प्रतिक्रिया दिनुहोस्