१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२६ मंसिर- झापा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० शान्ति टोल बस्ने ५५ वर्षीय पदम श्रेष्ठलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्