२५ मंसिर- चितवन, राप्ती नगरपालिका-४ डडुवाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३० किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका-१० बस्ने ३० वर्षीय दिनेश डंगोल र ३१ वर्षीय सुनिल डंगोल रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले धादिङबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ४३३७ नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकभित्र त्रिपाल मुनि २० वटा पोकामा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक दिनेश र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्यगेटबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ४ सय ५० ग्राम सहित भारत पश्चिम चम्पारण बेतिया थाना-३९ हरिमटका बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्