२३ मंसिर- नुवाकोट, नुवाकोटको किस्पाङ गाउँपालिका वडा –१ भाल्चे गाउँको नुचेतमा २३ वर्षीय चन्दीमाया तामाङ र उहाँका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । आज बिहान ९ बजेको समयमा उनिहरु मृत फेला परेका थिए । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरीको टोलीले छानविन गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना शङ्कास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकाले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्