२३ मंसिर- सिरिया, बिद्रोहीले राजधानी कब्जा गरे पछि सिरियाली राष्ट्रपति बसर अल असद भागेर अबुधाबीमा शरण खोजिरहेको बताएका छन् ।
अचानक बिद्रोहीले सहर कब्जा गरेपछि सिरियाका राष्ट्रपति बसर अल असद कथित रूपमा देशबाट भागेका छन्। तर, उनको ठेगाना भने खुल्न सकेको छैन । त्यहाँका प्रधानमन्त्रीले पनि राष्ट्रपति कहाँ छन् भन्ने बारेमा केही थाहा नभएको बताएका छन् ।
तर, संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकारले असद युएईमा छन् कि छैनन् भन्नेमा आफू अनिश्चित रहेको बताएका छन्।
बहराइनको मनामा संवादमा पत्रकारहरूसँग कुरा गर्दै युएइका कुटनीतिज्ञ अनवर गर्गासले असदले युएईमा शरण लिन सक्ने अनुमान गरेका छन् तर उनले प्रस्ट रूपमा केही भनेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्