रास्वपा कार्यकर्तालाई झापामा प्रहरी नियन्त्रणमा लियो

२३ मंसिर- काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन सक्ने भन्दै प्रहरीले रास्वपाका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब एक दर्जन रास्वपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको छ । केही समयपछि उनीहरूलाई छाडिने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापामा झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई राखिएको छ । दमकको प्रहरी कार्यालयमा पनि १०/१२ जनालाई नियन्त्रणमा लिएर राखिएको छ ।

आइतबार झापाको मेचीनगर इटा भटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री ओली दुई दिनका लागि आइतबार गृहजिल्ला झापा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्