सेयर बजार आज लगभग ४६ अंकले घटेको छ

२३ मंसिर- काठमाडौं, आज सेयर बजा्र ४५.९३ अकंले घटेर २६८९ बिन्दुमा कायम भएको छ । बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट जीवन बीमा समूहमा देखिएको छ।

आज ३२१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।

यो समूह ३.०७ प्रतिशतले घटेको छ। आज बजारमा २७ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने २१४ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। यो दिन ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

घटेको बजारमा खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।

आज उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। यो कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढीको सेयरमूल्य कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्