भिरबाट लडेर एक पुरुषको मृत्यु

२३ मंसिर- दार्चुला, शनिबार स्थानीय पहरे खोला भिरबाट लडेर महाकाली नगरपालिका–७ ओखलगाडास्थित लिखाडका ४८ वर्षीय रतनसिंह कुँवरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो घरबाट घाँस काट्न गएका कुँवर साँझ अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा मृत अवस्थामा फेला परेको आफन्तले बताएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्