२३ मंसिर-काठमाडौँ, धादिङको बेनिघाट रोराङ गाउँपालिका-५, कृष्णभिरमा आज बिहान एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटनामा परेको छ। दुर्घटनामा ग्यास बुलेटका चालक र सहचालक त्रिशूली नदीमा बेपत्ता भएका छन्।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्याँस बुलेट गति अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल त्रिशूली नदिमा खसेको हो। बेपत्ता भएकाको खोजीका लागि गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्