भारतमा भयो अचम्म, केटाको १ लाख तलब भएपनि सरकारी जागिर नहुँदा टुट्यो बिवाह

११ मंसिर- भारतको उत्तर प्रदेशमा केटाको सरकारी जागिर नभएको खुलेपछि हुनै लागेको बिहे रद्द भएको छ । जन्ती लिएर आएको टोली रित्तै हात फर्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मण्डलमा बेहुला बेहुलीले वरमाला साटासाट पनि गरिसकेका थिए । तर, सिन्दुर हाल्नुअघि केटाको सरकारी जागिर नभएको केटीले थाहा पाइन् । अनि बीचमै बिहे भाँडियो ।

केटाको सरकारी जागिर नभई उनी इन्जिनियर रहेको खुल्यो । त्यसपछि युवतीले बिहे अस्वीकार गरिन् । दुवै पक्षले सम्झाउने प्रयास गरे पनि सफल हुन सकेन । केटी तयार भइनन् ।

केटाका बुवा भने सरकारी जागिरे थिए । गेस्ट हाउसमा जन्तीको भव्य स्वागत गरिएको थियो ।

तर, चल्दै गर्दा कसैले केटाको जागिरबारे सोध्यो । उनका बुवाले छोरा सिभिल इन्जिनियर भएको बताए । उनी निजी कम्पनीमा जागिर भने गरिरहेका थिए । तर, केटीले मानिनन् ।

केटीलाई मनाउन केटाले आफ्नो तलब स्लिप मगाएर पनि देखाए । स्लिपमा केटाको तलब मासिक १ लाख २० हजार थियो । यति हुँदाहुँदै पनि दुलही आफ्नो जिद्दीमा अडिग रहिन् । अनि बिहे गर्न इन्कार गरिन् ।

त्यसपछि बिहेको खर्च बराबर गर्नेगरी  केटापक्ष रित्तै फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्