कावासोतीमा जीप दुर्घटना, दुईको मृत्यु, २८ जना घाइते

३ कार्तिक- नवलपरासी , नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको छ । क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन ।

कावासोती–१ बालुवाडाँडास्थित भित्री सडक खण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको हो ।

अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्