दसैंपछि खुलेको सेयर पहिलो दिनै उच्च अंकले बृद्धी

२९ असोज-  काठमाडौं, आज मंगलबार दसैंपछि खुलेको सेयर बजार (नेप्से परिसूचक) ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा आएर बजार बन्द भएको छ।

अहिले पनि नेप्सेले २७ सयको विन्दुमा प्रतिरोध पाइरहेको छ। मंगलबार पनि यही विन्दुमा नेप्सेले प्रतिरोध परिक्षण गरिरहेको छ।

दसैंअघि बुधबारको कारोबारमा तीन अर्ब ७६ करोडको कारोबार भएकोमा यस मंगलबार तीन अर्ब ६ करोड रूपैयाँको कारोबार भएको छ।

यस दिन ३०७ वटा स्क्रिप्सको कारोबार भएकोमा २३० वटाको बढ्यो। त्यस्तै, ५७ को घटेको छ भने बाँकीको स्थिर छ।

प्रतिक्रिया दिनुहोस्