महानगर प्रहरीले गौशालाको धर्मशालामा महानगरको लगायो बोर्ड

२३ असोज – काठमाडौँ, काठमाडौँ महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ । माडवाडीको प्रतिकारबीच महानगरप्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको हो ।

 

सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौँ महानगर प्रहरीहरुबीच धकेलाधकेल भएको थियो । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो ।

धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरुले प्रतिवाद गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्