५८ वर्षीयको हत्या अभियोगमा पक्राउ

१५ असोज-स्याङ्जा, हरिनास गाउँपालिका-४ वाङगेश्वारा बस्ने ५८ वर्षीय प्रेम बहादुर कामीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुरेश थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुरेशले घनले प्रहार गर्दा प्रेम बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चित्रेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्