दुर्घटनामा परी घाइते भएका चालकको उपचारको क्रममा मृत्यु

१० असोज- काभ्रे, काभ्रेमा दुर्घटनामा परी घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ।

बा ५ ख १२८१ नम्बरको गाडी आफैं अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको हो।

चालक सिन्धुली मरिण गाउँपालिका(१ बस्ने वर्ष २८ को रमेश ठाडाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनको सवा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

बिहीबार दिउँसो १ बजे पाँचखाल नगरपालिका(५ ३७ किलो केराघारीस्थित अरनिको राजमार्गमा धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक सडकबाट खसेको हो।

प्रतिक्रिया दिनुहोस्