असोज १२ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने

८ असोज- काठमाडौं, असोज १२ गतेदेखि दशैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय सरकारले गरेको छ ।

मंगलबार यातायात व्यवसायी, यातायात व्यवस्था विभागका प्रतिनिधि र सम्बन्धित सरोकारवाला निकायसँगको उपस्थितिमा भएको छलफलले दशैंका लागि अग्रिम टिकट असोज १२ गतेदेखि खुलाउने निर्णय भएको हो ।

 

दशैँको समयमा काठमाडौँ उपत्यकाबाट करिब २५ लाख सर्वसाधारणहरू बाहिरिने गरेका छन्

प्रतिक्रिया दिनुहोस्