आज ४ लाख १५ हजारको अबैध सामान समातियो

८ असोज कञ्चनपुर, कञ्चनपुरमा ४ लाख १५ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ।

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सो मुल्य बराबरको अबैध सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले ३ लाख २४ हजार २५०, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले ७७ हजार, इलाका प्रहरी कार्यालय बेलडाडीले ६ हजार ४७२ र प्रहरी चौकी भुडाले ८ हजार गरेर ४ लाख १५ हजार ७२२ मुल्य बराबरको अबैध सामान नियन्त्रणमा लिएको हो।

चिनी, ज्याकेट, कुर्ती, पेयपदार्थ, बुफर, बल्ब, ब्याट्री, तामा, सिल्भर, पितल, ६ थान साइकल, कस्मेटिक सामान र किरानाको सामान नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले बताएको छ। बरामद गरिएको सामान भन्सार चलान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्