भण्डारी सेवा समाज नेपालको नुवाकोटमा केशव वहादुुर भण्डारीको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति गठन 

३१ भाद्र- काठमाडौँ, भण्डारी सेवा समाज नेपाल रघुुवंशी कौशिक गोत्रीयको प्रथम नुवाकोट सम्मेलनवाट केशव वहादुुर भण्डारीको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति गठन भएको छ ।

वरिष्ठ उपाध्यक्षमा राम वहादुुर भण्डारी माधव, उपाध्यक्षमा राम कुमार भण्डारी,प्रज्ज्वल भण्डारी,महिला उपाध्यक्षमा कमला भण्डारी, सचिवमा मदन भण्डारी,सह–सचिवमा राजाराम भण्डारी,निराजन भण्डारी,कोषाध्यक्षमा नमराज भण्डारी, सदस्यहरुमा कृष्ण वहादुुर भण्डारी,मीन कुमार भण्डारी ,प्रमोद भण्डारी, जीवन भण्डारी, राजकुमार भण्डारी, बलराम भण्डारी, रामकुमार भण्डारी, इन्द्र वहादुुर भण्डारी, भोज वहादुुर भण्डारी,मधुसुदन भण्डारी र कुमार भण्डारी चयन हुुनुभएको छ ।

 

यसैगरी कार्यसमितिको सल्लाहकारमा प्रमुख संयोजक शिव वहादुुर भण्डारी र सह–संयोजकमा मुकुन्द भण्डारी चयन हुनुभएको छ भने अन्य सल्लाहकारहरुमा सानुभाई भण्डारी, टेक वहादुुर भण्डारी, कटक वहादुुर भण्डारी,मधु भण्डारी चयन हुनुभएको निर्वाचन समितिका संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो ।

तदर्थ समितिका अध्यक्ष भुवन भण्डारीको सभापतित्वमा भएको कार्यक्रम भण्डारी सेवा समाज नेपालका केन्द्रिय अध्यक्ष वीर वहादुर भण्डारीको प्रमुख आतिथ्यमा भएको हो । समारोहमा केन्द्रिय अध्यक्ष भण्डारीले नुवाकोटमा रहनुभएका भण्डारीहरुको भावना,चासो,उत्सुकता र सहभागिताले वन्धुहरुको एकतामा सार्थकता रहने वताउनुुभयो साथै उहाँले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा शिक्षण पेशामा २ दशक अवद्धता हुनुभएका राजु भण्डारीले स्वागत मन्तव्य राख्नु भयो भने सु–प्रसिद्ध गायक रामहरी भण्डारीले स्वागत गीत मार्फत उपस्थित सम्पूर्णमा स्वागत गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिहरु भण्डारी सेवा समाजका उपाध्यक्ष तथा वागमती प्रदेशका पूूर्व वन तथा वातावरण मन्त्री माननीय मसिना भण्डारी, केन्द्रिय उपाध्यक्ष तथा वागमती प्रदेश इन्चार्ज कुमार भण्डारी, केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज पूूर्णजंग भण्डारी, पूूर्व वरिष्ठ उपाध्यक्ष तथा हालका सल्लाहकार क्षेत्र वहादुुर भण्डारी, केन्द्रिय महासचिव राधाकृष्ण भण्डारी, केन्द्रिय उप–महासचिव बद्रि भण्डारी, केन्द्रिय कोषाध्यक्ष रामहरी भण्डारी,केन्द्रिय पूर्वमहासचिव तथा हालका वरिष्ठ सदस्य माधव भण्डारी, थीर वहादुुर भण्डारी, केन्द्रिय सदस्य रामहरी भण्डारी, वागमती प्रदेश उपाध्यक्ष तथा नुवाकोट धादिङ इन्चार्ज शिवराम भण्डारी, वागमती प्रदेश सचिव माधव भण्डारी, वागमती प्रदेश सदस्य सुदिप भण्डारी, लिखु ६ का वडा सदस्य कमला भण्डारी ,इतिहासविद तथा शिक्षाविद शिव वहादुुर भण्डारी, खानेपानी संस्थानका पुर्व समाजशास्त्री मुकुन्द भण्डारी, गायक कुमार भण्डारी, गायक रामेश्वर भण्डारी, कलाकार जीवन भण्डारी लगायत नुवाकोटका विभिन्न भु–भागमा रहनुभएका भण्डारीहरुको सयौंको संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रममा ७० वर्ष उमेर पुग्नुभएका ३ जना जेष्ठ नागरिकलाई प्रमुख आतिथिले देसल्ला ओढाएर सम्मान गर्नुभएको छ । सम्मानित जेष्ठ नागरिकहरुमा कुखुरेका ७९ वर्षिय रुम वहादुर भण्डारी, लिखु ६ थान्सिङ्गका ७८ वर्षिय टिका वहादुुर भण्डारी र लिखु ६ थान्सिङ्गका ७३ वर्षिय रामचन्द्र भण्डारी रहेका छन ।

 

२०६५ सालमा स्थापना भएको भण्डारी सेवा समाज नेपाल, रघुुवंशी कौशिक गोत्रीयको रामेछाप,धादिङ, धनुषा ,महोत्तरी,बारा,दैलेख जिल्लाको अबिधेशन सम्पन्न गरिसकेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्