करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु

२८ भाद्र – कैलाली, कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–८ का ५ वर्षीय ऋतिक बोहराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई घरमा खेल्नेक्रममा नाङ्गो तारबाट करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका बोहराको उपचारकाक्रममा निसर्ग अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्