नुवाकोटमा भण्डारी सेवा समाजको प्रथम जिल्ला सम्मेलन हुँदै

२८ भाद्र- नुवाकोट, जिल्लामा भण्डारी सेवा समाजको प्रथम जिल्ला सम्मेलन हुुने भएको छ । भोली भदौ २९ गते शनिबार बिहान ११ वजे नुवाकोट को लिखु गाउँपालिका वडा नं. ६ स्थित छहरे वजारको सु–स्वास्थ्य होटलमा हुने भण्डारी सेवा समाजका केन्द्रिय कोषाध्यक्ष रामहरी भण्डारीले वताउनुभएको छ ।

 

केन्द्रिय अध्यक्ष वीर वहादुर भण्डारीको प्रमुख आतिथ्यमा हुने सम्मेलनमा नुवाकोट जिल्लाभरी र देशैभरी छरिएर रहेका रघुवंशी कौशिक गोत्रीय क्षेत्री भण्डारीहरुको लगत संकलन, भण्डारी वन्धुहरुको एकता र सहयोग ,सहकार्यका लागि भएकाले नुवाकोट जिल्लामा भण्डारी सेवा समाजको जिल्ला कार्य समिति गठनको खाँचो र आवश्यक भएकाले सम्पूर्णमा अनिवार्य उपस्थितिका लागि अपिल गरिएको छ । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तथा बागमती इन्चार्ज कुमार भण्डारी, नुवाकोट धादिङ इन्चार्ज शिवराम भण्डारी लगायत केन्द्रिय समितिका अन्य पदाधिकारीहरुको पनी उपस्थिति रहने छ ।

कार्यक्रममा कलाकारहरु रामहरी भण्डारी,कुमार भण्डारी,रामेश्वर भण्डारी लगायतका ख्यातीप्राप्त कलाकारहरुको विभिन्न सांगीतिक प्रस्तुती समेत रहने छ ।

 

नुवाकोट जिल्लाका सम्पूर्ण भण्डारीहरु आउन सकिने कार्यक्रममा असमर्थताका लागि केन्द्रिय कोषाध्यक्ष रामहरी भण्डारीको फोन नम्वर ९८४१६०१५२७ , र नुवाकोटका शिक्षा तथा इतिहासविद शिव वहादुर भण्डारीको नम्बर ९८६०९०४६३६ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

 

वि.सं. २०६५ सालमा स्थापना भएको समाजको रामेछाप,धादिङ,धनुषा,महोत्तरी,बारा जिल्लाको अधिबेशन सम्पन्न भैसकेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्