जिप दुर्घटना हुँदा एक किशोरीको मृत्यु

२६ भाद्र -बैतडी,  बैतडीमा जिप दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ।

सुर्नया गाउपालिका–८ की १८ वर्षीया सविना महराको मृत्यु भएको हो। सुर्नया गाउँपालिका–८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको जिप दुर्घटना भएको थियो। उक्त दुर्घटनामा गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो। उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। जिप दुर्घटनामा घाइते अन्य चार जना उपचारपछि घर फर्किएका छन्।

चालकसमेत रहेका सुर्नया गाउँपालिका–७ का लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महराको डडेल्धुरामा उपचारपछि घर फर्किएका हुन्। कच्ची सडकमा दुर्घटना भएको जिप सडकबाट २० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्