नुवाकोटको साततले दरबारको पुनःनिर्माण शुरु हुँदै

२६ भाद्र- नुवाकाेटकाे ऐतिहासिक साततले दरबारको पुनःनिर्माण शुरु भएको छ । २०७२ सालकाे भूकम्पले पूर्ण क्षति पुर्‍याएको दरबार पुरातत्व विभागअन्तर्गत रहने गरी २०७६ काे सम्झाैता अनुसार चिनियाँ टोलीद्वारा उक्त दरबारकाे पुनःनिर्माण हुँदै छ ।

 

साेहि अनुरुप पहिलो चरणमा साततले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर, रङ्गमहल, लामपाटी र सेतोपाटी निर्माण गर्ने गरी सम्झौता भएकाे भन्ने जानकारी उपस्थित प्राधिकरणले जनाएका छन् ।

सम्झौताअनुसार ४५ महिनाभित्र दरबारसहितको संरचना निर्माण हुने गरी असारमा दरबार पुनःनिर्माणअन्तर्गत कार्यप्रारम्भ गर्द‌ चिनियाँ टोली अर्थात् ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ यहाँको सम्पदालाई थप क्षति हुन नदिन करिब चार वर्ष पछि पुन समन्वयमा नियमित काम अघि बढाउने गरि पुन निर्माणकाे काम शुरु भएकाे यस‌ै विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले विभिन्न स्राेत मार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्