मामा घर आएकी एक किशोरी बलात्कारको सिकार, २ जना पक्राउ

२५ भाद्र- कञ्चनपुर,  कञ्चनपुरमा एक किशोरी जबरजस्ती करणीको सिकार बनेकी छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–४ की १७ वर्षीया किशोरी जबरजस्ती करणीको सिकार बनेकी हुन्। कृष्णपुर नगरपालिका–२ का दुई युवाले मादक पदार्थ सेवन गरेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ। कृष्णपुर नगरपालिका–२ का २३ वर्षीय रमेश चौधरी र २७ वर्षीय सुरेश चौधरीका नाममा इलाका प्रहरी कार्यालय झलारीमा पीडित किशोरीकी आमाले उजुरी दिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्