भियतनामा आँधीका कारण नौ जनाको मृत्यु

२३ भाद्र- भियतनाम, दक्षिणी चीन र फिलिपिन्समा आँधीका कारण नौ जनाको मृत्यु भएको छ।
उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ। केही घण्टाको भारी वर्षापछि मध्यराततिर पहिरो गई एक घरलाई पुरेको छ। घटनामा ५१ वर्षीय एक पुरुषले भागेर ज्यान बचाउन सफल भएको तर उनकी श्रीमती, छोरी र दुई नातिनातिना पुरिएका थिए।’

आँधीले भौतिक संरचनामा व्यापक क्षति गर्नुका साथै ठाउँठाउँमा रूखहरू ढालेको छ। हुरीले घरका छाना उडाएर भएका दुर्घटनामा चार जनाको मृत्यु भएको विपद् व्यवस्थापन अधिकारीले बताएका छन्।

हाई डुओङ प्रान्तमा शुक्रबार आएको हावाहुरीका कारण एउटा रुख ढलेर एक व्यक्तिको मृत्यु भएको थियो। स्थानीय बासिन्दाका अनुसार तुआन चाउ टापुमा रहेको हाई औ नामक डुंगा पार्किङ गर्ने स्थानमा कम्तीमा २३ वटा डुंगामा गम्भीर क्षति पुगेको छ।

– रासस\एएफपी

 

प्रतिक्रिया दिनुहोस्