आज सेयर बजार २५.४६ अंकले घट्यो

२३ भाद्र- काठमाण्डु, आइतबार सेयर बजार २५.४६ अंकले घटेको छ । आज नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ । नेप्से घटे संगै आज १० अर्ब १२ करोडको कारोवार भएको छ ।

 

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

 

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एचआईडीसीएल प्रमोटर, ग्रीनलाइफ हाइड्रोपावर, गुडविल फाइनान्स र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्