अमेरिकाको लन्डन सहरनजिकै राजमार्गमा अन्धाधुन्ध गोली प्रहार, ७ जना घाइते

२३ भाद्र- केन्टुकी, अमेरिकाको केन्टुकी राज्यको लन्डन सहरनजिकै राजमार्गमा भएको अन्धाधुन्ध गोली प्रहारमा ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । गोली प्रहारपछि फरार बन्दुकधारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रमणमा संलग्न भएको आशंकामा ३२ वर्षीय युवाको नाम सार्वजनिक गरेको छ । ५ फूट १० इन्च अग्ला ती व्यक्ति हाल कहाँ छन् भन्ने थाहा नभएको बताइएको छ । प्रहरीले उनको साथमा हतियार रहेको र उनी खतरनाक भएको जनाएको छ ।

संदिग्ध आक्रमणकारी फरार अवस्थामै रहेकाले मानिसहरूलाई घरको ढोका लगाएर बस्न आह्वान गरेका छन् । शनिबार राति भएको घटनापछि ‘इन्टरस्टेट–७५’ मा सवारी साधन आवागमन अवरुद्ध भएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार राजमार्गनजिकै रूखहरू भएको क्षेत्र वा ओभरपासबाट गोली चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्