३१ वर्षीया महिलामाथि बलात्कार आरोपमा बैतडीका एक स्वास्थ्यकर्मी पक्राउ

२० भाद्र- बैतडी, सिगास गाउँपालिका–२ का ४१ वर्षीय जनकसिंह धामी जवरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। उनि बैतडीमा स्वास्थ्यकर्मीका रुपमा कार्यरत छन। धामीलाई एक ३१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । उनीमाथि बलात्कार आरोपमा जाहेरी परेपछि बुधबार पक्राउ गरेको हो ।

यो घटनामा केहीदिन पहिला पीडित भनिएकी महिलाले स्वास्थ्यकर्मी धामीले आफूमाथि हातपात गरेको जहेरी प्रहरी चौकीमा दिएको बताइएको छ । त्यो निवेदनमा स्थानीय र जनप्रतिनिधीहरूले छलफल गरेर विषयलाई सामसुम पारेका थिए ।

तर, अहिले प्रहरीमा बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी छन् । पीडित युवतीले स्वास्थ्यकर्मी धामीले आफूलाई विभिन्न प्रलोभनमा पारेर पटक–पटक जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । जाहेरीकर्ता युवती अविवाहित र स्वास्थ्यकर्मी रहेकी बुझिएको छ। आरोपित धामी भने विवाहित हुन ।

जाहेरीकर्ता युवतीकै जाहेरी निवेदनका आधारमा धामीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्