लुटेराको एक समूहले कुटपिट गरि धनमाल चोरी

१८ भाद्र – सिरहा, सोमबार राति लुटेराको एक समूहले सिरहाको गोलबजार नगरपालिका(१ मुक्सारमा धनमाल लुटपाट गरेको छ। स्थानीय जागेश्वर रामको घरमा राति १२ बजेको आसपासमा १२र१५ जनाको समूहमा आएका लुटेराहरूले १२ हजार नगद, सुन र चाँदीका गहना लुटेर लगे।

लुटेरा समूहले जागेश्वरलाई कुटपिट गरी उनको मोबाइल नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेको स्थानीय बताए।

घटनालगत्तै स्थानीयले मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरे पनि चार घण्टा पछिमात्र प्रहरी आइपुगेको बताए।

इलाका प्रहरी कार्यालय गोलबजारले भने सामान्य चोरीको घटना भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्