दीपक मनाङेले राजीनामा दिए

१७ भाद्र- पोखरा, आइतबारसम्म भौतिक मन्त्रालय सम्हालिरहेका राजीव गुरुङ ‘दीपक मनाङे’लाई सोमबारदेखि वन मन्त्रालयमा सरुवा गरिएको थियो । सरुवा गरे पछि उनले राजीनामा दिएका छन् ।

नेकपा एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

मनाङेले सम्हाल्दै आएको भौतिक मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन् । आइतबार दुई मन्त्रालय फुटाएका मुख्यमन्त्री पाण्डेले सोमबार मन्त्रिपरिषद विस्तार गरी ९ सदस्यीय बनाएका थिए ।

 

दीपक मनाङे भने ‘वन मन्त्रालयमा जान्न, बरु त्यो मन्त्रालय भाइहरूलाई दिएको भए हुने नि, त्यही भएर राजीनामा दिएको हुँ । मैले राजीनामा पत्र सहयोगीमार्फत् मुख्यमन्त्रीकहाँ पठाइसकेँ ।’

 

प्रतिक्रिया दिनुहोस्