नुवाकोट जिल्लामा भण्डारी सेवा समाजको गठनको भव्य तयारी

१४ भाद्र-  नुवाकोट, नुवाकोट जिल्लामा भण्डारी सेवा समाजको गठनको तयारी भएको छ । यसै तयारीका निम्ती काठमाडों तारकेश्वरस्थित गुम्बा नजिकै रहेको अनुपम पार्टि प्यालेसमा भोली भदौ १५ गते शनिबार बिहान ७ वजे नुवाकोट जिल्लाभरी रहनुभएका भण्डारी वन्धुहरुको विशेष भेला रहेको भण्डारी सेवा समाजका केन्द्रिय कोषाध्यक्ष रामहरी भण्डारीले वताउनुभएको छ ।

भोलीको छलफलवाट भण्डारी सेवा समाजको नुवाकोट जिल्लाको अधिवेशनको तयारीका साथै मिती तय गरिने भएको छ । केन्द्रिय अध्यक्ष वीर वहादुर भण्डारीको प्रमुख आतिथ्यमा हुने भेलाले नुवाकोट जिल्लाभरी छरिएर रहेका रघुवंशी कौशिक गोत्रीय क्षेत्री भण्डारीहरुको लगत संकलन, भण्डारी वन्धुहरुको एकता र सहयोग ,सहकार्यका लागि भएकाले अनिवार्य उपस्थितिका लागि अपिल गरिएको छ । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तथा बागमती इन्चार्ज कुमार भण्डारी, केन्द्रिय सदस्य शिवराम भण्डारीको पनी उपस्थिति रहने छ ।

नुवाकोट र नुवाकोटवाट काठमाडौं आएर वसोवास गर्नुभएका सम्पूर्ण भण्डारी आउन सकिने भेलामा असमर्थता लागि केन्द्रिय कोषाध्यक्ष रामहरी भण्डारीको फोन नम्वर ९८४१६०१५२७ , केन्द्रिय सदस्य रामहरी भण्डारीको नम्बर ९८५१०६७८९४ र नुवाकोटका शिक्षा तथा इतिहासविद शिव वहादुर भण्डारीको नम्बर ९८६०९०४६३६ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

नुवाकोट धादिङ इन्चार्ज शिवराम भण्डारी र बागमती प्रदेश सदस्य सुदिप भण्डारीको पनी उपस्थिति रहने छ ।

वि.सं. २०६५ सालमा स्थापना भएको समाजको रामेछाप,धादिङ,धनुषा,महोत्तरी,बारा जिल्लाको अबिधेशन सम्पन्न भैसकेको छ भने नुवाकोट जिल्लाको यहि भदौ भित्रमा अबिधेशन हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्