हत्या गरेको अभियोगमा पक्राउ

११ भाद्र- सुनसरी, धरान उपमहानगरपालिका-३ माछाभौडी बस्ने ३७ वर्षीया सिर्जना साहीकी छोरी १४ वर्षीया युनिसा साहीको हत्या गरेको अभियोगमा संखुवासभा खाँदबारी नगरपालिका-२ बस्ने ३३ वर्षीय बबिन बराललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित आफ्नै मोबाइल पसलमा बसिरहेका सिर्जना र युनिसालाई घरायसी विवादको कारण बबिनले खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै खुकुरी प्रहारबाट घाइते भएका दुवै जनालाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएकोमा युनिसाको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्