३४ तोला सुन र साढे १० केजी चाँदीसहित ४ जना पक्राउ

११ भाद्र- बाँके,  सोमबार दिउँसो विशेष सुराकीको आधारमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोक क्षेत्रबाट चार जनालाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। प्रहरीले उनिहरुको साथबाट ३४ तोला सुन र साढे १० केजी चाँदीसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बर्दिया राजपुर नगरपालिका(८ का ४० वर्षीय नेपाली थारु, राजपुर–४ का ४२ वर्षीय निमप्रकाश सुनार, नेपालगञ्ज उपमहानगरपालिका–११ का २१ वर्षीय राहुल सोनार र राप्ती सोनारी गाउँपालिका–४ का २४ वर्षीय ओमजङ्ग चौधरी रहेका थिए।

अवैध रूपमा सुनको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले नेपाली थारुले चलाएको ०३०१–०२४ च ६७६३ नम्बरको कारलाई फेला पारेको थियो। त्यसैक्रममा उनको कारलाई रोकेर जाँच गरेको थियो। कारमा सवार निमप्रकाश सुनारबाट सुरूमा ६७ ग्राम सुन र राहुल सोनारबाट १७२ ग्राम चाँदीका गहना बरामद भएको थियो।

उनीहरूमाथि अनुसन्धान गरी प्रहरीले ओमजंगलाई पनि पक्राउ गरेको थियो। ओमजंङ पशुपति सुनचाँदी रिफाइन कारखानामा कार्यरत कालीगढ समेत हुन्। उनलाई पक्राउ गरी कारखाना पुगेर प्रहरीले थप सुन र चाँदी बरामद गरेको हो।

कारखानाबाट ३४० ग्राम तौलको सुन र १० केजी ४४१ ग्राम चाँदी बरामद भएको भएको थियो। कारखाना सञ्चालक भने फरार छन्।

यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्