अमेरिकाको भर्जिनियामा नर्स ममता काफ्लेको हत्या आसंकामा पती नरेश पक्राउ

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन ।

प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगेको छ । प्रहरीले भट्टमाथि काफलेको हत्या गरेर शव बेपत्ता बनाएको आरोप लगाएको छ । घरमा गरिएको फरेन्सिक अनुसन्धानमा उनले हत्या गरेको खलेको प्रहरीको भनाइ छ ।

प्रहरीले थप विषयमा छलफल अनुसन्धान भैरहेको जनाएको छ । भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी हुन ।

ममता गत साउन १६ देखि हराएकी थिइन । उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए। उनीबारे बुझ्न प्रहरी दुई दिनपछि साउन १८ मा घरमै पुगेर पति भट्टसँग सोधपुछ गरेको थियो ।

एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । उनी भर्जिनियामा रजिस्टर्ड नर्स हुन् ।

 

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्