नेपालको विजयी सुरुवात

२ भाद्र- काठमाडौं, आज भएको यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ

घरेलु टोली नेपालले यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कामाथि १-० को जित दर्ता गरेको हो । खेलको २३ मिनेटमा नेपालका लागि निराजन धामीले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त बन्यो । खेलभर नेपालसँगै श्रीलङ्काले पनि गोलको मौका पाएको थियो तर सदुपयोग गर्न सकेन ।

 

प्रतिक्रिया दिनुहोस्