शेयर बजार ३००० बाट ओरालो लागेको छ

२ भाद्र- काठमाडौं, आज शेयर बजार ओरालो लागेको छ , आज ३४.४७ अंकले घटेर दुई हजार ९६६.३३ बिन्दुमा झरेको छ । गत साता २३४.४३ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार करेक्सन देखिएको छ ।

आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंक, फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंक घटेको छ।

नेप्से दोहोरो अंकले घटे पनि कारोबार भने आज उच्च रकमको कारोबार भएको छ । यसदिन २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । यो अघिल्लो कारोबार दिन बिहीबारको लगभग करिब हो । बिहीबार शेयर बजारमा हालसम्मकै उच्च २९ अर्ब ९६ करोड रुपैयाँको शेयर खरिद(बिक्री भएको थियो ।

आज राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, मल्टिप्रपोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयरमा सर्किट लागेको छ ।

आइतबार ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घटेको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेकोमा बाँकी ९ उपसमूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्