आज नेप्से परिसूचक ८.१८ अंकले घट्यो

२९ श्रावन- काठमाडौं, आज मंगलबार नेप्से परिसूचक ८.१८ अंकले घटेको छ। आइतबार र सोमबार उच्च वृद्धि भएको बजार आज दिनभरको उतारचढावका बीच ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा कायम भएको हो।

 

आज ३३२ स्क्रिप्टको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५ लाख १० हजार ६३३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन सोमबार २७ अर्ब माथिको सेयर कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेको थियो।

 

फाइनान्सतर्फ १.५७ प्रतिशत वृद्धि भएको छ। करिब ८२ करोडको कारोबार गर्दै नेपाल फाइनान्स अग्र स्थानमा रह्यो। आइतबार र सोमबारको तुलनामा कारोबार रकम घटेपनि कारोबारमा उत्साह कायमै देखिन्छ।

प्रतिक्रिया दिनुहोस्