२७ श्रावन- रुकुम पश्चिम, जिल्लाको सानीभेरी गाउँपालिका -४, लामचौरकी ४९ वर्षीया सुशिला मल्लको हत्या गरेको आरोपमा एक जना अभियुक्तलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हत्या गर्ने चौरजहारी नगरपालिका -११, का २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरिएको छ । उनले साउन २३ गते बिहान मृतक सुशीलालाई उनकै घरमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले महिला हत्याको जानकारी पाउनासाथ तालिम प्राप्त कुकुर सहितको अनुन्धान टोली खटाएर निज अभियुक्तलाई आफ्नै घर चौरजहारीको सर्केनाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका मल्ललाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुकुम पश्चिमबाट पहिलो पटक पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ ।
मृतक सुशिला र अभियुक्त प्रेमको डेढ बर्ष अघि जाजरकोटको रिम्ना मेलाबाट चिनजान भई फोन नम्बर साटासाट गरि बेला बेलामा भेटघाट हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
प्रतिक्रिया दिनुहोस्