१८ महिनाकी नवजात शिशु हत्यामा भाई पक्राउ

२७ श्रावन- सुनसरी, इटहरी उपमहानगरपालिका-५ पचरूखी बस्ने नबराज लुईटेलकी छोरी १८ महिनाकी आईन्सु लुइटेलको हत्या गरेको अभियोगमा नबराजका भाई ३० वर्षीय सालिग्राम लुईटेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सालिग्रामले आईन्सुको हत्या गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्